Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एनआईसी एशिया बैंकमा नयाँ प्रमुख सूचना र गुनासो अधिकारी नियुक्त

एनआईसी एशिया बैंकमा नयाँ प्रमुख सूचना र गुनासो अधिकारी नियुक्त

  • काठमाडौं । एनआईसी एशिया बैंकले प्रमुख सूचना अधिकारी (एक्ष्इ) तथा प्रमुख गुनासो अधिकारी (ऋन्इ)को जिम्मेवारी परिवर्तन गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    बैंकले बुधबार जारी गरेको विज्ञप्तिअनुसार सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल र प्रमुख गुनासो अधिकारीमा कमल खड्कालाई नियुक्त गरिएको हो । नियुक्त दुवै अधिकारीको जिम्मेवारी आज देखि लागू भएको बैंकले जनाएको छ ।

    AGNI GROUP

    बैंकका ग्राहकले आधिकारिक सूचना तथा जानकारीका लागि प्रमुख सूचना अधिकारी जयन्द्र रावललाई ९८५१२३१३३२ वा ०१–५९७०१०१ मा सम्पर्क गर्न सक्नेछन् ।

    त्यस्तै, बैंकिङ सेवा सम्बन्धी कुनै पनि गुनासोका लागि प्रमुख गुनासो अधिकारी कमल खड्कालाई ९८०१९७७९३६ वा ०१–५९७०१०१ मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ । गुनासो इमेलमार्फत पठाउनसमेत सकिने व्यवस्था मिलाइएको विज्ञप्तिमा उल्लेख छ ।

    उक्त सूचना बैंकका प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यद्वारा जारी गरिएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट