Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

असुरक्षा बढेको भन्दै सिरहाका उद्योगी–व्यवसायी चिन्तित

असुरक्षा बढेको भन्दै सिरहाका उद्योगी–व्यवसायी चिन्तित

  • काठमाडौं । बारम्बार हुने आन्दोलन, कमजोर बजार अवस्था र प्रशासनिक झन्झटका कारण सिरहाका उद्योगी–व्यवसायी चिन्तित बनेका छन् । 

    onlinepatrika
    Arghakhachi

    जिल्ला उद्योग वाणिज्य सङ्घ सिरहा, लहानले आज यहाँ आयोजना गरेको स्वागत, सम्मान तथा अन्तरक्रिया कार्यक्रममा उद्योगी–व्यवसायीहरूले समस्या समाधानका लागि सरोकार भएकाहरूको ध्यानाकर्षण गराएका हुन् । 

    AGNI GROUP

    प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलसहित चारै सुरक्षा निकायका प्रमुखहरूको उपस्थितिमा भएको कार्यक्रममा सङ्घका अध्यक्ष विकास सारडाले निजी क्षेत्रको मनोबल उठाउने वातावरण निर्माण गर्न राज्य गम्भीर हुनुपर्नेमा जोड दिए । 

    “कोभिड–१९ महामारी, आर्थिक मन्दी, ‘जेनजी’ प्रदर्शन र वर्षालगायत विपत्तिले पुर्‍याएको क्षतिका घटनाले निजी क्षेत्र समस्यामा छ । ऋण गरेर लगानी गर्ने, तर रोजगारी सिर्जना गर्ने निजी क्षेत्रमाथि आक्रमण गर्ने कामले देशको आर्थिक भविष्य नै जोखिममा पारेको छ”, उनले भने । अध्यक्ष सारडाले बैङ्कको कडा कर्जा नीति, बजार चलायमान नहुनु र सीमापारि नेपाली ग्राहकको आकर्षण बढ्नु आन्तरिक बजारका लागि चुनौतीका रूपमा रहेको बताए ।

    सङ्घका निवर्तमान अध्यक्ष अशोकलाल अमात्य, सुखीपुर उद्योग व्यापार समितिका अध्यक्ष सुरज, होटल तथा पर्यटन व्यवसायी सङ्घ सिरहाका अध्यक्ष रामकुमार गुप्ताले आफ्ना गुनासा गरे । 

    लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले व्यापारीमाथि परेको समस्या समाधान गर्न आफूहरूले गर्नुपर्ने सहजीकरणका लागि तयार रहेको बताए । सबै पक्ष मिलेर सामूहिक भावनासहित अघि बढे मात्र समस्याको दीर्घकालीन समाधान सम्भव हुने उनको भनाइ थियो । 

    प्रमुख जिल्ला अधिकारी पौडेलले अर्थतन्त्र सुदृढीकरणमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण भएको बताउँदै सुरक्षित र स्थिर वातावरण निर्माण गर्न प्रशासन प्रतिबद्ध रहेको बताए ।

    उनले शान्तिसुरक्षा राज्य मात्र नभई नागरिक समाज र समुदायको समेत जिम्मेवारी भएकाले सहकार्यको माध्यमबाट समस्या समाधान गर्न लाग्नुपर्ने धारणा राखे । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट