Jun 09 2026 | २०८३, जेठ २६ गते
काठमाडौं । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध दायर गरिएको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । प्रदेशसभाका ७४ जना सांसदहरूले संविधानको धारा १६८(३) बमोजिम गठन भएको सरकार असंवैधानिक भएको दाबी गर्दै मंगलबार रिट दायर गरेका हुन् ।
रिट दर्ता भएको जानकारी दिँदै मधेस प्रदेशका नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण यादवले प्रदेश प्रमुखले बहुमत प्रमाणित नगरी हतारमा सरकार गठन गरेको आरोप लगाए। उनका अनुसार सो प्रक्रिया संविधान र संसदीय अभ्यासविपरीत भएको भन्दै न्यायिक समीक्षा माग गरिएको हो ।
सर्वोच्च अदालतले उक्त रिटको प्रारम्भिक सुनुवाइका लागि कात्तिक २६ गते पेसी तोकेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij