Logo

Jul 23 2025 | २०८२, साउन ७ गते

Jul 23 2025 | २०८२, साउन ७ गते

साढे दुई घण्टाको बाटो ४५ मिनेटमा

साढे दुई घण्टाको बाटो ४५ मिनेटमा

  • म्याग्दी । सडक र पुल निर्माणभएपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–५, ६ र ८ का बासिन्दालाई पालिकाको केन्द्र मौवाफाँट पुग्न यात्रा अवधि छोटिएको छ ।

    images
    images
    images

    रघुगङ्गा गाउँपालिका–४ र ५ को सिमाना बुग्लस्थित राहुघाट नदीमाथि मोटर गुड्ने पुलका साथै बुग्ल हँुदै झिँ जोड्ने सडक निर्माण भएपछि साढे दुई घण्टा लाग्ने बाटो ४५ मिनेटमा छोटिएको हो । रघुगङ्गा हाइड्रोपावर लिमिटेडद्वारा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाले हालै बुग्लमा ट्रस प्रविधिको ४० मिटर लामो यो पुल र सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बुग्लदेखि झिँ जोड्ने सात किलोमिटर सडक निर्माण गरेको छ ।

    images

    झिँका वडाध्यक्ष मनबहादुर शेरपुञ्जाले राहुघाटमा मोटरेबल पुल र सडक बनेसँगै झिँ र पाखापानी र कुइनेका बासिन्दालाई गाउँपालिकाको केन्द्र मौवाफाँट आवतजावतका लागि बेनी हुँदै घुमाउरो बाटोको यात्रा गर्नुपर्ने बाध्यता हटेको बताउनुभयो । “झिँ–मौवाफाँट यातायात सञ्चालन भएपछि साढे दुई घण्टाको बाटो ४५ मिनेटमा छोटिएको छ”, उहाँले भन्नुभयो, “यो सडक र पुलबाट झिँ, पाखापानी र कुइनेखानीका एक हजार घरधुरीभन्दा बढी लाभान्वित भएका छन् ।” 

    बुग्लमा पुल निर्माण भएपछि गाउँपालिकाले पहिरोले बिगारेको बुग्ल–झिँ सडक मर्मत गरेर सवारी साधन सञ्चालन गरेको हो । यो सडक मर्मतका लागि म्याग्दी क्षेत्र ९क० बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य विनोद केसीले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रममार्फत रु १० लाख विनियोजन गर्नुभएको छ । सडक र पुल नहुँदा झिँ, पाखापानी र कुइनेका बासिन्दा गाउँपालिका केन्द्र मौवाफाँट पुग्न पात्लेखेत, घतान, बेनी, गलेश्वर र पिप्ले हुँदै घुमाउरो सडकको यात्रा गर्नुपर्ने समस्या थियो । सडक यातायातको विकल्पमा स्थानीयवासीले पैदलयात्रा गर्दै आएका थिए । 

    बुग्लको पुल र सडकले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँधलाई सिधा सडक सञ्जालमा जोडेको छ । पुल बनेसँगै आयोजनाको बाँध र अडित नं १ को सुरुङ निर्माणमा सहज भएको रघुगङ्गा हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक गणेश केसीले बताउनुभयो । 

    images

    राहुघाटको सिभिल ठेकेदार जयप्रकाश ९जेपी० एशोसिएट्सले रघुगङ्गा नदीको दायाँबायाँ पक्की पर्खाल उठाएर ट्रस जोडेर रु दुई करोड ५० लाख खर्च गरेर ४० टन भारबहन क्षमताको ३।५ मिटर चौडाइ भएको पुल बनाएको हो । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइइ«ो लिमिटेड प्रवद्र्धक रहेको राहुघाटको रघुगङ्गा–३ तिल्केनीस्थित विद्युत्गृहदेखि दग्नाम र झिँको फेदीमा निर्माण हुने बाँधसम्म १० किलोमिटर पहुँचमार्ग निर्माण भइसकेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij