Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

काठमाडौं महानगरपालिका

सार्वजनिक सडक सीमा भित्रका संरचना आफैं हटाउन काठमाडौं महानगरपालिकाको आग्रह

सार्वजनिक सडक सीमा भित्रका संरचना आफैं हटाउन काठमाडौं महानगरपालिकाको आग्रह

जडिबुटी चोकदेखि पेप्सीकोला चोकसम्मको सडक केन्द्र र आसपास दायाँबायाँ दुबै तर्फ १५/१५ मिटरको सडक सीमा भित्र पर्ने संरचना हटाउन काठमाडौं महानगरपालिकाले सर्वसाधारणलाई आग्रह गरेको छ ।

  • काठमाडौं । काठमाडौंको जडिबुटी चोकदेखि पेप्सीकोला चोकसम्मको सडक केन्द्र र आसपास दायाँबायाँ दुबै तर्फ १५/१५ मिटरको सडक सीमा भित्र पर्ने संरचना हटाउन काठमाडौं महानगरपालिकाले सर्वसाधारणलाई आग्रह गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मिति २०७८/१०/१६ मा प्रकाशित राजपत्र अनुसार र सडक विभागको निर्देशन अनुसार स्थानीय सरकारसँग समन्वयमा काठमाडौं महानगरपालिकाले मिति २०८२/०४/०६ मा सूचना प्रकाशन गरी तीन दिनभित्र सो क्षेत्रमा पर्ने सबै संरचना, पसल, टहरा, पर्खाल, सवारी साधन आदि हटाउन सूचित गरेको हो ।

    AGNI GROUP

    सूचनामा सार्वजनिक सडक ऐन २०३१ को दफा १६ अनुसार कुनैपनि संरचना सडकको सीमा भित्र निर्माण गर्न पाइँदैन र गरिएमा ती संरचना बिना क्षतिपूर्ति हटाइनेछ। यसअघि पटक–पटक सूचना दिँदासमेत अटेरी गरेकाले यो अन्तिम सूचना भएको काठमाडौं महानगरले स्पष्ट पारेको छ ।

    निर्धारित समयभित्र स्वेच्छाले हटाइएको खण्डमा कुनै कारबाही नहुने तर म्यादभित्र हटाइएन भने २०७८ सालको राजपत्र तथा प्रचलित कानुन बमोजिम बाध्यात्मक रूपमा हटाइने, त्यसबाट भएको क्षतिको जिम्मेवारी सम्बन्धित व्यक्तिले नै लिनुपर्ने सुचनामा उल्लेख गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट