Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

विश्व शहर दिवस

युनेस्कोद्वारा ललितपुर महानगरलाई 'संगीतको रचनात्मक शहर' घोषणा

युनेस्कोद्वारा ललितपुर महानगरलाई 'संगीतको रचनात्मक शहर' घोषणा

विश्व शहर दिवस २०२५ को अवसरमा ललितपुर महानगरलाई 'संगीतको रचनात्मक शहर' घोषणा

  • ललितपुर । ललितपुर महानगरपालिकालाई युनेस्को संगीतको रचनात्मक शहरको रूपमा घोषणा गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    विश्व शहर दिवस २०२५ को अवसरमा ललितपुर महानगरलाई 'संगीतको रचनात्मक शहर' घोषणा गरेको युनेस्कोको काठमाडौँस्थित कार्यालयले जानकारी दिएको छ । 

    AGNI GROUP

    युनेस्कोले घोषण गर्दै भनेको छ- 'यो प्रतिष्ठित सम्मानले हाम्रो शहरको जीवन्त सांगीतिक सम्पदा र दिगो सहरी विकासको आधारको रूपमा सृजनशीलतालाई अगाडि बढाउने अटूट प्रतिबद्धतालाई मान्यता दिएको छ । यो ललितपुरका प्रत्येक बासिन्दा र संगीतकारका लागि एक ऐतिहासिक उपलब्धि हो र सम्पूर्ण नेपालका लागि ठूलो गर्वको क्षण हो !'

    नेपालमा अब दुई युनेस्को रचनात्मक शहरहरु भएका छन्: फिल्मको लागि काठमाडौं महानगरपालिका र अब, संगीतको लागि ललितपुर महानगरपालिका ।

    सन् २००४ मा सुरु भएको युसीसीएनले दिगो सहरी विकास (आर्थिक, सामाजिक, सांस्कृतिक र वातावरणीय पक्षहरूमा) को लागि सृजनशीलतालाई मुख्य रणनीतिको रूपमा प्रयोग गर्ने शहरहरूलाई जोड्ने काम गरिरहेको छ । यस सञ्जालमा रहेका शहरहरू उत्कृष्ट अभ्यासहरू आदानप्रदान गर्न, सांस्कृतिक उद्योगहरूलाई प्रवर्द्धन गर्न र संयुक्त राष्ट्र संघको २०३० एजेन्डा फर सस्टेनेबल डेभलपमेन्ट लाई समर्थन गर्न प्रतिबद्ध छन् । यस सञ्जालले संगीतसहित आठ रचनात्मक क्षेत्रहरूलाई समेटेको युनेस्कोले जनाएको छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट