Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

हामा र लक्ष्मी स्टिलसहित सर्बोत्तम सिमेन्टले पनि तिर्यो विद्युत बक्यौताको किस्ता

हामा र लक्ष्मी स्टिलसहित सर्बोत्तम सिमेन्टले पनि तिर्यो विद्युत बक्यौताको किस्ता

  • काठमाडौं । सिमरास्थित हामा आइरन एन्ड स्टील इन्डस्ट्रीजले डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोगको कुल बक्यौता ५ करोड ८५ लाख मध्ये पहिलो किस्ता बापत २० लाख ९० हजार बुझाएको छ ।

    onlinepatrika
    Arghakhachi

    यसअघि नै बक्यौता तिर्न सुरु गरी बैशाखबाट तिर्न छोडेको परासीस्थित लक्ष्मी स्टीलले पनि किस्ता बापत ८४ लाख ९८ हजार बुझाएको छ । त्यसैगरी यसअघि किस्ता बुझाइ बिचमा छोडेको सर्बोत्तम सिमेन्टले पनि किस्ता बापतको ४० लाख बुझाएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ ।

    AGNI GROUP

    यसअघि हुलास र शोक स्टीलसहित सम्राट सिमेन्ट, रोल्पा सिमेन्ट र नव नेपाल प्लास्टिक इन्डिस्ट्रिजले पनि किस्ता तिरेका थिए । उद्योगहरुले विगतमा किस्ताबन्दीको सुविधा लिई बक्यौता रकम तिर्न सुरु गरेका छन् ।

    डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोगको बाँकी बक्यौता तिर्न प्राधिकरणले उद्योगहरुलाई २८ किस्तामा बुझाउने स्वीकृति दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट