Logo

Jun 11 2026 | २०८३, जेठ २८ गते

Jun 11 2026 | २०८३, जेठ २८ गते

सुपर सिक्समा जापानमाथि कतार ३ विकेटले विजयी

सुपर सिक्समा जापानमाथि कतार ३ विकेटले विजयी

  • काठमाडौँ । कतारले जारी आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गत सुपर सिक्सको खेलमा जापानलाई ३ विकेटले पराजित गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    बुधबार सम्पन्न खेलमा जापानले दिएको १४० रनको लक्ष्य पछाएको कतारले १९.४ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

    AGNI GROUP

    यसअघि पहिला ब्याटिंग गर्दै जापानले २० ओभरमा ४ विकेट गुमाएर १३९ रन बनाएको थियो ।

    यो जितपछि कतारको ४ खेलमा २ अंक भएको छ । यो सुपर सिक्समा पहिलो जित हो । त्यस्तै जापानको ३ खेलमा एक जित र २ हारसहित २ अंक रहेको छ ।

    सुपर सिक्स अन्तर्गत आज सामाओ र युएइ तथा ओमान र नेपालबीच खेल हुदैछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट