Logo

Jun 10 2026 | २०८३, जेठ २७ गते

Jun 10 2026 | २०८३, जेठ २७ गते

विश्वकपको लाइभ ‘डीजीओ’ (DGO) एपमा, ५४९ रूपैयाँमा ‘मोबाइल पास’ उपलब्ध

विश्वकपको लाइभ ‘डीजीओ’ (DGO) एपमा, ५४९ रूपैयाँमा ‘मोबाइल पास’ उपलब्ध

  • काठमाडौं । नेपालको अग्रणी डिजिटल स्ट्रिमिङ प्लेटफर्म डीजीओ (DGO) ले आगामी फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण गर्ने घोषणा गरेको छ । डिश होम डिजिटल प्रालि अन्तर्गतको डीजीओले फुटबल प्रेमीहरूका लागि विशेष सुविधाहरू सहितको ‘मोबाइल पास’ सार्वजनिक गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    डीजीओले जारी गरेको प्रेस विज्ञप्ति अनुसार अब मात्र ५४९ रूपैयाँमा ‘मोबाइल-ओन्ली’ (Mobile-Only) पास खरिद गरी विश्वकपका सबै १०४ वटा खेलहरूको प्रत्यक्ष मजा लिन सक्नेछन् । यो सेवामार्फत दर्शकहरूले आफ्नै मोबाइलमा उच्च गुणस्तरको १०८०p फुल एचडी (Full HD) भिडियोमा खेलहरू हेर्न पाउने डिश होमले जनाएको छ ।

    AGNI GROUP

    यस्ता छन् डीजीओ मोबाइल पासका  विशेषता-

    नेपाली कमेन्ट्रीस् विश्वकपको इतिहासमा पहिलो पटक खेलको रोमाञ्चक पलहरू आफ्नै राष्ट्रिय भाषा नेपालीमा सुन्न पाइने डुअल कमेन्ट्री विकल्पस् दर्शकले आफ्नो चाहना अनुसार नेपाली वा अंग्रेजीमध्ये कुनै एक भाषाको कमेन्ट्री रोज्न सक्ने सजिलो खरिद प्रक्रियास् डीजीओ एप डाउनलोड गरी केही क्लिकमै सीधै मोबाइल पास खरिद र सक्रिय गर्न सकिने विज्ञप्तिमा भनिएको छ, ‘हामी नेपाली दर्शकहरूलाई खेलको अनुभवमा कुनै सम्झौता नहोस् भन्ने चाहन्छौँ । डीजीओ एपमार्फत सिधै पास खरिद गर्ने सुविधाले अब फ्यानहरूले कुनै पनि तेस्रो पक्ष वा शंकास्पद लिङ्कहरूको पछि नलागी सुरक्षित र आधिकारिक रूपमा विश्वकपको आनन्द लिन सक्नेछन्।’

    कम्पनीले हाल अनलाइनमा देखिने ‘फ्री स्ट्रिमिङ’ वा अनाधिकृत एपहरूबाट बच्न समेत दर्शकहरूलाई आग्रह गरेको छ । यस्ता असुरक्षित प्लेटफर्महरूले प्रयोगकर्ताको व्यक्तिगत जानकारी र बैंकिङ विवरणहरूमा जोखिम निम्त्याउन सक्ने भन्दै नेपालको आधिकारिक स्ट्रिमिङ पार्टनर डीजीओ प्रयोग गर्न सुझाव दिइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट