Logo

Jun 11 2026 | २०८३, जेठ २८ गते

Jun 11 2026 | २०८३, जेठ २८ गते

भारतविरुद्ध खेल्ने अस्ट्रेलियन क्रिकेट टिमको घोषणा

भारतविरुद्ध खेल्ने अस्ट्रेलियन क्रिकेट टिमको घोषणा

  • काठमाडौँ । अस्ट्रेलियाले भारतविरुद्ध खेल्ने एकदिवसीय र टी-२० सिरिजका लागि टिमको घोषणा गरेको छ । अस्ट्रेलियाको एकदिवसीय र टी-२० दुवै टिमको कप्तानी मिचेल मार्शले गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    अस्ट्रेलियाको एकदिवसीय टिममा तिब्र गतिका बलर मिचेल स्टार्क फर्किएका छन् । उनी गत नोभेम्बर देखि एकदिवसीय खेल खेलेका थिएनन् । त्यस्तै मार्नस लाबुस्चेन एकदिवसीय टिममा परेका छैनन् । उनको स्थानमा माट रेनशले स्थान पाएका छन् ।

    AGNI GROUP

    भारत विरुद्ध अस्ट्रेलियाको एकदिवसीय टोलीमा मिशेल मार्श (कप्तान), जेभियर बार्टलेट, एलेक्स केरी (विकेटकिपर), कूपर कोनोली, बेन द्वारशुइस, नाथन एलिस, क्यामरुन ग्रीन, जोश हेजलवुड, ट्राभिस हेड, जोश इङ्ग्लिस (विकेटकिपर), मिचेल ओवेन, म्याट रेनशा, म्याथ्यू सर्ट, मिचेल स्टार्क र एडम जाम्पा रहेका छन् ।

    त्यस्तै भारतविरुद्ध अस्ट्रेलियाको टी-२० टिम (पहिलो दुई खेल) का लागि मिशेल मार्श (कप्तान), शन एबट, जेभियर बार्टलेट, टिम डेभिड, बेन द्वारशुइस, नाथन एलिस, जोश हेजलवुड, ट्राभिस हेड, जोश इङ्ग्लिस (विकेटकिपर), म्याथ्यू कुहनेम्यान, मिचेल ओवेन, म्याथ्यू सर्ट, मार्कस स्टोइनिस र एडम जाम्पा रहेका छन् ।

    अस्ट्रेलियाले घरेलु मैदानमा भारतविरुद्धको तीन एकदिवसीय खेलको सिरिज खेल्दै छ भने ५ टी-२० खेलको सिरिज खेल्दै छ । पहिलो एकदिवसीय खेल पर्थमा अक्टोबर १९ मा हुदै छ भने दोस्रो खेल एडिलेडमा अक्टोबर २३ मा र तेस्रो खेल सिड्नीमा अक्टोबर २५ ​​मा हुनेछ । 

    त्यस्तै टी-२० सिरिजको पहिलो खेल अक्टोबर २९ मा क्यानबेरामा, दोस्रो खेल अक्टोबर ३१ मा मेलवर्नमा, तेस्रो खेल नोभेम्बर २ मा होबार्टमा, चौथो खेल नोभेम्बर ६ मा गोल्ड कोष्टमा र पाँचौं खेल नोभेमब्र ८ मा ब्रिसबेनमा हुने तालिका रहेको छ ।

    त्यस्तै भारतीय क्रिकेट कन्ट्रोल बोर्डले यसअघि नै अस्ट्रेलिया टुरका लागि एकदिवसीय र टी-२० टिमको घोषणा गरिसकेको छ । भारतको एकदिवसीय टिममा शुभमन गिल (कप्तान), रोहित शर्मा, विराट कोहली, श्रेयस अय्यर (उपकप्तान), अक्षर पटेल, केएल राहुल (विकेटकीपर), नितिश कुमार रेड्डी, वाशिंगटन सुन्दर, कुलदीप यादव, हर्षित राना, मोहम्मद सिराज, अर्शदीप सिंह, प्रसिद्ध कृष्ण, ध्रुब जुरेल (विकेट किपर) र यशस्वी जैसवाल रहेका छन् ।

    त्यस्तै टी-२० टिममा सूर्यकुमार (कप्तान), अभिषेक शर्मा, शुभमन गिल (उपकप्तान), तिलक वर्मा, नितिश कुमार रेड्डी, शिवम दुबे, अक्षर पटेल, जितेश शर्मा (विकेटकिपर), वरुण चक्रवर्ती, जसप्रित बुमराह, अर्शदीप सिंह, कुलदीप यादव, हर्षित राना, सन्जु सामसन,रिंकु सिंह, र वाशिंटन सुन्दर रहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट