Logo

Jun 11 2026 | २०८३, जेठ २८ गते

Jun 11 2026 | २०८३, जेठ २८ गते

भारतीय कप्तान सूर्यकुमार यादवलाई राजनीतिक बयानबाट बच्न आइसीसीको सल्लाह

भारतीय कप्तान सूर्यकुमार यादवलाई राजनीतिक बयानबाट बच्न आइसीसीको सल्लाह

  • काठमाडौँ । भारतीय कप्तान सूर्यकुमार यादवलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को आधिकारिक सुनुवाइको क्रममा कुनै पनि राजनीतिक बयान दिनबाट टाढा रहन सल्लाह दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    आईसीसी म्याच रेफ्री रिची रिचर्डसनले यादवलाई राजनीतिक बयानबाट बच्न यस्तो सल्लाह दिएका हुन् । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले भारतीय कप्तान यादवविरुद्ध दर्ता गरेको उजुरीको सुनुवाई गर्दै रिचर्डसनले यस्तो सल्लाह दिएका हुन् । पाकिस्तानका साहिबजादा फरहान र हरिस रौफविरुद्ध भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले दायर गरेको उजुरीको सुनुवाइ आज हुने बताइएको छ ।

    AGNI GROUP

    पीसीबीले सेप्टेम्बर १४ मा भारत र पाकिस्तान बीचको खेल पछि तोकिएको सात दिनको अवधि भित्र उजुरी दर्ता गरेको थियो । भारतीय कप्तान सूर्यकुमार यादवले त्यो खेलमा पाकिस्तानी खेलाडीहरूसँग हात मिलाउन अस्वीकार गरेका थिए र भारतीय टोलीको विजय अपरेशन सिन्दूर गर्ने भारतीय सशस्त्र बललाई समर्पित गरेका थिए । उनले पहलगाम आतंकवादी हमलाका पीडितहरूसँग ऐक्यबद्धता पनि व्यक्त गरेका थिए ।

    सूर्यकुमार यादवले खेलपछि भनेका थिए- 'म केही भन्न चाहन्छु र यो सही समय हो । हामी पहलगाम आतंकवादी हमलामा मारिएकाहरूको परिवारसँगै उभिएका छौं र उनीहरूसँग हाम्रो ऐक्यबद्धता व्यक्त गर्दछौं । म यो विजय (पाकिस्तान विरुद्ध) हाम्रा सबै सशस्त्र सेनाहरूलाई समर्पित गर्दछु, जसले अपार बहादुरी देखाएका छन् । मलाई आशा छ कि उनीहरूले हामीलाई प्रेरणा दिइरहनेछन् र उनीहरूलाई खुशी पार्ने मौका पाउँदा उनीहरूको अनुहारमा मुस्कान ल्याउनेछन् ।'

    त्यस्तै भारतले एसिया कप सुपर फोर अन्तर्गतको खेलको क्रममा भड्काउने हाउभाउ गरेको भन्दै पाकिस्तानी क्रिकेटरहरू हरिस रौफ र साहिबजादा फरहान विरुद्ध आईसीसीमा आधिकारिक उजुरी दर्ता गरेको छ । बीसीसीआईले बुधबार यी दुई विरुद्ध उजुरी दर्ता गरेको र आईसीसीलाई इमेल पठाएको छ । साहिबजादा र रौफले लिखित रूपमा आरोप अस्वीकार गरेकाले आईसीसीले यस विषयमा सुनुवाइ गर्नेछ । सुनुवाइको लागि उनीहरूलाई आईसीसी एलिट प्यानल रेफ्री रिची रिचर्डसनसमक्ष उपस्थित हुनुपर्ने बताइएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट