Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

डा. नवराज लम्सालको महाकाव्य ‘कल्प’ को प्रवास विमोचन कतारमा

डा. नवराज लम्सालको महाकाव्य ‘कल्प’ को प्रवास विमोचन कतारमा

  • काठमाडौँ । डा. नवराज लम्सालको नयाँ महाकाव्य कल्प प्रवासमा पनि विमोचन गरिएको छ । गत महिना काठमाडौँमा विमोचन भएको कल्प अनेसास कतार च्याप्टरको ११ औँ अधिवेशनको सन्दर्भ पारेर कतारको दोहामा पनि विमोचन गरिएको हो ।

    onlinepatrika
    Arghakhachi

    आफूलाई भाइबहिनी पुस्ताले उठाएको कवि मान्ने लम्सालको कल्प विमोचन उनी भन्दा कम उमेरका युवाहरूले नै गरेका हुन् । लम्सालले भने, ‘यो विमोचनको साक्षी बस्ने र पुस्तकमा हस्ताक्षर गर्ने सबैप्रति हार्दिक आभार । यो प्रति सुरक्षित रूपमा काठमाडौँ लगेर राख्नेछु ।’

    AGNI GROUP

    नेपाली महाकाव्य लेखनको मानक यात्रा तय गरेका लम्साल अग्नि महाकाव्यका लागि २०७८ सालको मदन पुरस्कार विजेता कवि हुन् ।

    महाकाव्य लेख्नैका लागि रेडियो नेपालको जागिर छोडेर लेखनमा क्रियाशील लम्साल आफैँले यस महाकाव्यलाई आफ्नो मस्तिष्क निचोरिएको बताएका छन् । यो उनको वैश्विक चेतनाले भरिएको उच्चस्तरको महाकाव्य मानिएको छ ।

    कल्प शिखा बुक्सले प्रकाशन गरेको हो । डा. लम्सालका चार महाकाव्य, तीन कविता सङ्ग्रह र दुई गीत सङ्ग्रहसहित नौ पुस्तक प्रकाशित छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij