Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

नयाँ मन्त्रीको शपथ २ बजे गर्ने तयारी

नयाँ मन्त्रीको शपथ २ बजे गर्ने तयारी

  • काठमाडौँ । मन्त्रीमा सिफारिस भएका चार जनाको शपथ आज हुने भएको छ । राष्ट्रपतिको कार्यालय शितल निवासले अपराहन्न २ बजे शपथ गराउने गरि तयारी गरिरहेको जानकारी दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    प्रधानमन्त्री सुशीला कार्कीले आइतबार अनिलकुमार सिन्हा, महावीर पुन, मदन परियार, डा. संगीता कौशल मिश्रा र जगदीश खरेललाई मन्त्री नियुक्त गर्न सिफारिस गरेकी थिइन् ।

    AGNI GROUP

    तर डा. मिश्राको विषयमा प्रश्न उठेपछि उनको शपथ भने रोकिएको छ । अहिलेसम्म प्रधानमन्त्री कार्कीले मिश्रको विकल्पमा अर्को नाम नदिएको बुझिएको छ ।

    प्रधानमन्त्री कार्कीले खरेललाई सञ्चार, पूर्वन्यायाधीश अनिलकुमार सिन्हालाई भूमि व्यवस्था मन्त्रालय र उद्योग मन्त्रालय, पुनलाई शिक्षा र परियारलाई कृषि मन्त्रालयको जिम्मेवारी दिने भएकी छन् ।

    यस बाहेक उनीहरुलाई थप अन्य मन्त्रालयको समेत जिम्मेवारी दिइने बताइएको छ । प्रधानमन्त्री कार्कीले १० देखि १२ मन्त्री बनाएर एक जनालाई कम्तिमा दुई मन्त्रालयको जिम्मेवारी दिने यसअघि नै बताएकी छन् । यसअघि रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङलाई उर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालय तथा ओमप्रकाश अर्याललाई गृह र कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij