Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

धादिङको थाक्रेमा बस र टिपर ठोक्किँदा पाँच जना घाइते

धादिङको थाक्रेमा बस र टिपर ठोक्किँदा पाँच जना घाइते

  • काठमाडौं । धादिङको थाक्रेमा बस र टिपर ठोक्किँदा पाँच जना घाइते भएका छन् । भैरहवाबाट काठमाडौं आउँदै गरेको प्रदेश०१००१ ख ०३३५ नम्बरको बस र विपरीत दिशा काठमाडौंबाट नुवाकोटतर्फ जाँदै गरेको बा प्र ००६ ख ४२६० नम्बरको टिपर आज बुधबार बिहान साढे ८ बजे थाक्रे गाउँपालिका२ बाह्रकिल्लामा आपसमा ठोक्किएका थिए ।

    onlinepatrika
    Arghakhachi

    दुर्घटनामा घाइते हुनेहरूमा बस चालक रुपन्देहीका २७ वर्षीय सन्देश अधिकारी, गुल्मीका ४० वर्षीय कमल सारू मगर, कपिलवस्तुका २४ वर्षीय पंकज पाण्डे, रुपन्देही की ६० वर्षीया आइतबहारी थारु र नवलपरासीको देवचुली५ बस्ने ३२ वर्षीया पुनम थसु छन् ।

    AGNI GROUP

    नुवाकोटको बेलकोटगढी नगरपालिका१२ का २८ वर्षीय टिपर चालक प्रवीण श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij