Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । सिद्धार्थ बैंक र वाटरफ्रन्ट रिसोर्ट प्रा. लि. बिच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार लेकसाईड, पोखरा स्थित वाटरफ्रन्ट रिसोर्टमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा २० प्रतिशत सम्मको छुट दिने भएको छ ।
सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
उक्त सम्झौताको बारेमा थप जानकारी पाउन बैंकको २४ सै घण्टा सञ्चालनमा रहने गा्रहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ को ०१–५९७००२० नम्बर मा फोन गरेर अथवा [email protected] बाट ईमेल गर्न सकिन्छ ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij