Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

गोदावरी नगरपालिकाले माग्यो लुटिएको सामान फिर्ता

गोदावरी नगरपालिकाले माग्यो लुटिएको सामान फिर्ता

  • काठमाडौं । गोदावरी नगरपालिकाले गएको मंगलबार भएको लुटपाट र आगजनीको क्रममा महानगरिय प्रहरी बृत्त चापागाँउ प्रहरी प्रभाग बाँडेगाँउ, कृष्णप्रसाद भट्राई निवास र वडा कार्यालयहरुबाट लुटिएको सरसामान फिर्ता गर्न आग्रह गर्दै सूचना जारी गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    नगरपालिकाले सो समयमा ती स्थानहरुबाट सरसामान लुटेर लैजाने क्रममा विभिन्न भिडियोहरु संकलन भइरहेकोले ती सरसामान फिर्ता गर्न र जिम्मेवार र सम्मानित नागरिक बन्न आग्रह गरेको छ ।

    AGNI GROUP

    सो दिन आन्दोलन पछि भएको देशव्यापाी लुटपाटका क्रममा विभिन्न भिडियोहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । सरसामान सगर्व लुट्नेहरुलाई सर्वत्र तुक्ष गाली गरेको देख्न सकिन्छ ।

    लुटपाटको घटनाको छानविन गरेर कारवाही गर्न आवाज उठिरहेको छ । सो घटनाप्रति प्रधानमन्त्री सुशीला कार्कीले समेत दुःख व्यक्त गर्दै कारवाहीको प्रकृयामा ल्याउने बताएकी छिन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij