
Sep 03 2025 | २०८२, भदौ १८ गते
काठमाडौं । संयुक्त विद्यार्थी संगठनले नेकपा एमालेलाई विद्यालय शिक्षा विधेयकसम्बन्धी ज्ञापनपत्र बुझाएको छ । विद्यार्थी संगठनका नेताहरूले एमाले कार्यालयमा पुगेर मुख्य सचेतक महेश बर्तौलालाई ज्ञापन पत्र बुझाएका हुन् ।
उनीहरूले विद्यालय शिक्षा विधेयकमार्फत विद्यालयीय शिक्षाको सबलीकरणमा भूमिका निर्वाह गर्न सरकारसँग माग गरेका छन् ।
ज्ञापनपत्र प्राप्त भएपछि बर्तौलाले सरकार विद्यालय शिक्षाको सबलीकरणको पक्षमा रहेको र आगामी ऐनमा यस विषयमा विशेष ध्यान दिइने विषयमा विद्यार्थीहरूलाई विश्वस्त पारे ।
यसअघि हिजो कार्यवाहक प्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई समेत विद्यालय शिक्षा विधेयकसम्बन्धी शैक्षिक मुद्दाहरू समेटेर १७ विद्यार्थी संगठनले ज्ञापन पत्र बुझाएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij