Logo

Sep 01 2025 | २०८२, भदौ १६ गते

Sep 01 2025 | २०८२, भदौ १६ गते

डा.गोविन्द केसीले सुरु गरे तीन दिने सत्याग्रह

डा.गोविन्द केसीले सुरु गरे तीन दिने सत्याग्रह

  • काठमाडौं । प्रा.डा.गोविन्द केसीले निजी मेडिकल कलेजको सिट वृद्धि लगायतका निर्णयको विरोध गर्दै तीन दिने सत्याग्रह सुरु गरेका छन् । डा.केसीले धनगढीस्थित गेटा मेडिकल कलेज परिसरमा पत्रकार सम्मेलन गर्दै सत्याग्रह सुरु गरेको जानकारी दिएका हुन् ।

    images
    images
    images

    डा. केसीले पत्रकार सम्मेलन भने, ‘निजी मेडिकल कलेजहरूको सिट वृद्धि गर्दा नेता र माफियाको झोला भरिन्छ, तर शिक्षाको गुणस्तर खस्किन्छ । गुणस्तर खस्कनुको अर्थ स्वास्थ्य सेवामा ह्रास आउनु हो, जुन आम नेपालीको स्वास्थ्यसँग खेलबाड गर्नु हो ।’

    images

    डा. केसीले सरकार र चिकित्सा शिक्षा आयोगका पछिल्ला निर्णयहरूले विद्यार्थी र जनतालाई लाभ नदिई उल्टै शिक्षा–स्वास्थ्य प्रणाली नै धरापमा पारेको आरोप लगाए ।

    उनका अनुसार नेपालमा अझै सरकारी मेडिकल कलेज र अस्पतालहरूको विस्तार गर्नुपर्ने अवस्था छ तर उल्टै निजी कलेजलाई पोस्ने नीतिमा सरकार लागेको छ ।

    उनले उदाहरण दिँदै भने, ‘त्रिवि मेडिकल अध्ययन संस्थानले १०० विद्यार्थी पढाउन हिच्किचाइरहेको अवस्थामा पूर्वाधार र बिरामी चाप नपुग्ने निजी कलेजलाई १३० सिट दिनु दुर्भाग्यपूर्ण हो ।’

    images

    सत्याग्रहसँगै डा.केसीले केही माग राखेका छन् ।

    निजी मेडिकल कलेजको सिट वृद्धि फिर्ता गर्नुपर्ने, इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज तथा अस्पताल खोल्नुपर्ने, कैलालीको गेटामा निर्माण सम्पन्न भइसकेको शिक्षण अस्पताल र शैक्षिक कार्यक्रम तत्काल सञ्चालन गर्नुपर्ने उनको माग छ ।

    यसैगरी अघिल्ला सम्झौता अनुसार एकीकृत प्रतिष्ठान ऐन, उच्च शिक्षा ऐन, गैरनाफामूलक मेडिकल शिक्षा र दरबन्दीसम्बन्धी प्रावधानलाई कार्यान्वयन गर्न पनि डा. केसीले माग राखेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij