Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एनआईसी एशिया बैंकका ग्राहकलाई सिपी अस्पतालमा २० प्रतिशतसम्म छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई सिपी अस्पतालमा २० प्रतिशतसम्म छुट

  • काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकलाई सुदुरपश्चिम प्रदेशको कैलालीमा रहेको सिपी अस्पतालमा उपचार गर्दा २० प्रतिशतसम्म छुट हुने भएको छ । यसका लागि अस्पताल र बैंक विच सम्झौता भएको छ ।

    onlinepatrika
    Arghakhachi

    सम्झौता सँगै बैंकका ग्राहकहरुले धनगढी, कैलालीमा रहेको सिपी अस्पतालमा आफ्नो स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा अस्पतालले उपलब्ध गराएको विभिन्न सेवाहरुमा २० प्रतिशतसम्म छुट प्राप्त गर्न बताइएको छ ।

    AGNI GROUP

    यस सुविधाको उपभोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबाइल बैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ ।

    उक्त अस्पताल सँगको यस सहकार्यले बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा विशेष सहयोग हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

    एनआईसी एशिया बैंकका ग्राहकलाई सिपी अस्पतालमा उपचार गर्दा २० प्रतिशतसम्म छुट

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट