Logo

Aug 24 2025 | २०८२, भदौ ८ गते

Aug 24 2025 | २०८२, भदौ ८ गते

लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

  • काठमाडौं । लुम्बिनी प्रदेश सरकारले थारू समुदायको अटवारी पर्वका अवसरमा आइतबार(आज)सार्वजनिक बिदा दिएको छ । लुम्बिनी प्रदेशका थारू समुदायको बसोबास धेरै रहेका ६ जिल्लामा सार्वजनिक बिदा दिएको हो ।

    images
    images
    images

    थारू समुदायको बसोबास बढिरहेको दाङ, बाँके, बर्दिया, रूपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने सूचना आन्तरिक मामिला तथा कानून मन्त्रालयले सार्वजनिक गरेको हो ।

    images

    पश्चिम तराईका थारू समुदायले आज विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदैछन् । यो पर्व कुशे औँसीपछिको पहिलो आइतबार मनाउने गरिन्छ । यो पर्वमा विशेषगरी दाजुभाइले दिदीबहिनीको शौभाग्यका लागि व्रत बस्ने गर्दछन् ।

    शुक्रबार राति दर खाएर दिनभरि व्रत बस्ने र साँझपख रोटी पकाएर देउतालाई चढाइसकेपछि खाने तथा आइतबार बिहान भात पकाएर भात–तरकारी पनि देउतालाई चढाइसकेपछि मात्र खाने चलन रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij