
Aug 18 2025 | २०८२, भदौ २ गते
काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिको कार्यकारी निर्देशकमा जगरनाथ दासलाई नियुक्त गरिएको छ ।
नेपाल सरकार खानेपानी मन्त्री स्तरीय निर्णयले मेलम्ची खानेपानी विकास समितिको कार्यकारी निर्देशकमा दासलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।
कार्यकारी निर्देशकमा नियुक्त हुनु भएका दास यस अघि खानेपानी तथा ढल व्यवस्थापन कार्यालय जनकपुरका कार्यालय प्रमुख रहेको र उनले मेलम्चीको कार्यकारी निर्देशकको रुपमा पदवहाली गरेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
त्यसैगरी मेलम्ची खानेपानी विकास समितिका तत्कालिन कार्यकारी निर्देशक ई रत्न लामिछानेलाई खानेपानी तथा ढल व्यवस्थापन विभागको उपमहानिर्देशकमा नियुक्त गरिएको छ ।
विभागको परिवर्तित स्थायी संरचना अनुसार तीन जना उप-महानिर्देशकको दरबन्दी रहेकोमा हाल तीनै जना उप-महानिर्देशक नियुक्त भएपछि विभागले पूर्णता पाएको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ईञ्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij