Logo

Aug 15 2025 | २०८२, साउन ३० गते

Aug 15 2025 | २०८२, साउन ३० गते

भारतको ७९औं स्वतन्त्रता दिवस

भारतले अब आणविक धम्की र ब्ल्याकमेलिङ सहदैन- मोदी

भारतले अब आणविक धम्की र ब्ल्याकमेलिङ सहदैन- मोदी

  • काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आणविक धम्की र ब्ल्याकमेलिङ नसहने बताएका छन् ।

    images
    images
    images

    भारतको ७९औं स्वतन्त्रता दिवसको अवसरमा राजधानी दिल्लीको लाल किल्लाबाट सम्बोधन गर्दै मोदीले अब आणविक ब्ल्याकमेलिङ नसहने बताएका हुन् ।

    images

    मोदीले भने- 'आज, मलाई लाल किल्लाबाट अपरेशन सिन्दूरका बहादुर सिपाहीहरूलाई सलाम गर्ने अवसर मिलेको छ । हाम्रा बहादुर सिपाहीहरूले शत्रुहरूलाई उनीहरूको कल्पनाभन्दा बाहिरको दण्ड दिएका छन् ।

    भारतले निर्णय गरेको छ, अब आणविक धम्की सहन गर्दैनौं । हामी अब ब्ल्याकमेलिङ सहन गर्दैनौं ।'मोदीले बहादुर सिपाहीहरूले शत्रुहरूलाई उनीहरूको कल्पनाभन्दा बाहिरको दण्ड दिएको बताउदै भने- 'जसरी आतंककारीहरूले सीमापार बाट आएर पहलगाममा मानिसहरूको नरसंहार गरे ।

    मानिसहरूलाई उनीहरूको धर्म सोधेर मारियो । श्रीमानलाई उनकी श्रीमतीको अगाडि गोली हानी मारियो, बुबालाई उनका छोराछोरीको अगाडि मारियो ।' उनले अपरेशन सिन्दूर क्रोधको अभिव्यक्ति भएको बताए ।

    images

    मोदीले सम्बोधनका क्रममा भारतलाई आत्मनिर्भर बनाउनेदेखि आफ्नै स्पेस स्टेसन बनाउने सम्मका विषयमा चर्चा गरेका थिए ।

    उनले जलवायु परिवर्तनदेखि भारतमै तेलको भण्डार खोज्ने जस्ता काम गर्ने समेत बताए । उनले आफ्नो सम्बोधनमा अमेरिका र पाकिस्तानलाई समेत कडा सन्देश दिदै खुन र पानी एक साथ बग्न नसक्ने बताएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij