
Aug 13 2025 | २०८२, साउन २८ गते
काठमाडौँ । आज संघीय संसदका पाँच समितिको बैठक बस्दैछ ।
आज प्रतिनिधि सभाको अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दैछ ।
त्यस्तै राष्ट्रिय सभाका सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।
आज बिहान ११ बजेदेखि सुरु हुने अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमाथि दफावार छलफलको कार्यसूची रहेको छ ।
त्यस्तै आज बिहान १० बजेदेखि शुरु हुने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा कैलाली कारागारको घटना बारे गृहमन्त्री रमेश लेखकसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
त्यसैगरी बिहान १० बजेदेखि शुरु हुने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा छलफलको कार्यसूची रहेको छ । त्यस्तै आज बिहान ११ बजेदेखि शुरु हुने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उपसमितिले गरेका निर्णयहरु सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।
त्यसैगरी बिहान ११ बजेदेखि शुरु हुने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा महालेखापरीक्षकको ६२ औं वार्षिक प्रतिवेदनमा समेटिएका मूलभूत पक्षहरु बारे छलफल हुने कार्यसुची रहेको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij