
Aug 10 2025 | २०८२, साउन २५ गते
काठमाडौं । क्रिकेटर ललितनारायण राजवंशीलाई मातृशोक परेको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललितकी आमा शुभकुमारी राजवंशीको विराटनगर-१४ जतुवास्थित आफ्नै घरमा निधन भएको हो ।
६० वर्षीया राजवंशी फोक्सोको समस्यासँग जुधीरहेकी थिइन् । उनको स्थानीय घाटमा अन्तिम संस्कार गरिने भएको छ । ललित परिवारका कान्छा छोरा हुन् । उनका २ दाजु र एक बहिनी छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij