Logo

Aug 06 2025 | २०८२, साउन २१ गते

Aug 06 2025 | २०८२, साउन २१ गते

भलिबल खेलाडी कविता अस्ट्रेलिया पलायन

भलिबल खेलाडी कविता अस्ट्रेलिया पलायन

  • काठमाडौं । नेपाली महिला भलिबल टोलीकी मिडल ब्लकर कविता भट्टले अब आफ्नो खेल जीवनको नयाँ अध्याय अस्ट्रेलियामा सुरु गर्ने भएकी छन् ।

    images
    images
    images

    लामो समयदेखि विभागीय टोली नेपाल एपिएफ क्लबमार्फत घरेलु भलिबलमा सक्रिय उनी क्लबबाट राजीनामा दिँदै खेल र अध्ययनलाई अघि बढाउन अस्ट्रेलिया प्रस्थान गरेकी हुन् ।

    images

    गत वर्ष आयोजित ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ मा ‘पिपुल्स च्वाइस अवार्ड’ जितेर चर्चा कमाएकी कविताले राष्ट्रिय टोली हुँदै अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई प्रतिनिधित्व गरिसकेकी छन् ।

    उनको यो निर्णय नेपाली भलिबलका लागि एक प्रकारको क्षति हो, किनभने यस्ता प्रतिबद्ध र गुणस्तरीय खेलाडीको विदेश मोहले राष्ट्रिय टोलीको संरचना र भविष्य प्रभावित हुनसक्छ ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij