Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

आगामी आर्थिक वर्षको बजेट पुनर्लेखन गर्नुपर्छ : उर्मिला अर्याल

आगामी आर्थिक वर्षको बजेट पुनर्लेखन गर्नुपर्छ : उर्मिला अर्याल

  • काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की राष्ट्रियसभा सदस्य उर्मिला अर्यालले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट पुनर्लेखन गर्नुपर्ने बताएकी छन् ।

    onlinepatrika
    Arghakhachi

    सोमबार राष्ट्रियसभा बैठकमा उनले बजेट पुनर्लेखन गर्न सरकारसँग माग गरेकी हुन् । सांसद अर्यालले सामाजिक न्यायको दृष्टिकोणले बजेट प्रतिगामी रहेको जिकिर गरिन् ।

    AGNI GROUP

    सरकारले ल्याएको कर प्रणाली पनि उचित नभएको उनको भनाइ छ । अर्यालले बजेटमा गरिब वर्गका लागि कुनै ठोस योजना ल्याउन नसकेको बताइन् ।

    सरकारले आफ्नो कर प्रस्तावमा आम्दानीमा आधारित प्रणालीको सट्टा उपभोगमा आधारित प्रणालीमा जोड दिएको छ । यो बजेट स्वाभाविक रूपमा प्रतिगामी छ,'उनले भनिन्, 'अर्कोतर्फ सार्वजनिक कम्पनीहरुले सरकारलाई बुझाउने लाभांश मा राजश्व फिर्तामा जोड दिनुपर्दछ । गरिब र निमुखामुखि बजेट हुनुपर्दछ । यो बजेट पुनर्लेखन हुने सर्तसहित समर्थन गर्दछु ।'

    सांसद अर्यालले सरकारले उत्पादनको क्षेत्रमा कुनै ठोस योजना ल्याउन नसकेको बताइन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij