
Jul 27 2025 | २०८२, साउन ११ गते
काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट ५० अर्ब रुपैयाँबराबरको निक्षेप संकलन गर्न आज आइतबार बोलकबोल प्रक्रिया अघि बढाउने भएको छ । २८ दिनको अवधिका लागि रहने उक्त निक्षेप उपकरण भदौ ८ गते परिपक्व हुने बैंकले जनाएको छ ।
ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण गरिनेछ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरूले १० करोड रुपैयाँ वा सोभन्दा माथि ५ करोडको अनुपातमा भाग जाने गरी जतिसुकै रकमका लागि बोलकबोल गर्न सक्नेछन् ।
यसअघि राष्ट्र बैंकले साउन ७ गते ८० अर्ब रुपैयाँबराबरको ५६ दिन अवधिको र साउन ४ गते ५० अर्ब रुपैयाँबराबरको ४२ दिन अवधिको निक्षेप उपकरणको बोलकबोल गरेको थियो ।
निक्षेप संकलनको यो प्रक्रिया मौद्रिक प्रणालीमा तरलता व्यवस्थापनको एउटा उपायका रूपमा लिइन्छ, जसबाट बैंकहरूले बजारमा रहेका थप नगद संकलन गरी व्याजदर तथा मुद्रास्फीतिमा सन्तुलन ल्याउने प्रयास गर्छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij