
Jul 25 2025 | २०८२, साउन ९ गते
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको खुद नाफा बढेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार खुद नाफा ६.५ प्रतिशत बढेको हो ।
बैंकले गत आर्थिक वर्षमा ५३ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ५० करोड ४२ लाख रुपैयाँ थियो ।
खुद ब्याज आम्दानी सामान्य घटेको छ । यस्तो आम्दानी अघिल्लो वर्षमा १ अर्ब ९० करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष १ अर्ब ८८ करोड छ । फी तथा कमिसन र अन्य सञ्चालन आम्दानी बढ्दा नाफामा योगदान पुगेको देखिन्छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १५ रुपैयाँ १० पैसा छ ।
वार्षिक रिटर्न अन इक्वीटी ९.७७ प्रतिशत छ । निष्क्रिय कर्जा केही बढेको छ । यस्तो कर्जा अघिल्लो आर्थिक वर्ष ३.९३ प्रतिशत रहेकोमा गत आर्थिक वर्षमा ५.६४ प्रतिशत छ।
बैंकको प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ७१ पैसा छ । गत आवसम्म वितरणयोग्य नाफा ४१ करोड ३८ लाख रुपैयाँ छ । बैंकले ११.६४ प्रतिशतसम्मको लाभांश दिने क्षमता राख्दछ । बैंकको हाल बजारमा सेयर मूल्य प्रतिकित्ता ४८४ रुपैयाँ छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij