Logo

Jul 20 2025 | २०८२, साउन ४ गते

Jul 20 2025 | २०८२, साउन ४ गते

हालोङ खाडीमा डुंगा पल्टिँदा ३७ जनाको ज्यान गयो

हालोङ खाडीमा डुंगा पल्टिँदा ३७ जनाको ज्यान गयो

  • काठमाडौं । भियतनामको चर्चित पर्यटकीय स्थल हालोङ खाडीमा डुंगा पल्टिँदा कम्तीमा ३७ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीका अनुसार शनिबार दिउँसो तीव्र हावा, भारी वर्षा र चट्याङसहितको आँधीबेरीका कारण पर्यटक सवार डुंगा पल्टिएको हो । दुर्घटनामा ४८ जना यात्रु र ५ जना चालक दलका सदस्य सवार थिए ।

    images
    images
    images

    उद्धार टोलीले तत्कालै घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरेको थियो । अहिलेसम्म ११ जनालाई जीवितै उद्धार गरिएको छ । अन्य हराइरहेका व्यक्तिहरूको खोजी जारी रहेको जनाइएको छ ।

    images

    हालोङ खाडी भियतनामको सबैभन्दा लोकप्रिय पर्यटकीय गन्तव्यमध्ये एक हो । यहाँ डुंगा यात्रा पर्यटकका लागि प्रमुख आकर्षण मानिन्छ । यद्यपि, पछिल्लो केही दिनदेखि आएको खराब मौसमका कारण जोखिम बढिरहेको बताइएको छ ।

    सरकारले दुर्घटनाको छानबिन सुरु गरेको छ भने मौसम प्रतिकूल रहँदा जलयात्रा स्थगित गर्नुपर्ने आवश्यकताबारे पुनः विचार गरिने बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij