Logo

Jul 17 2025 | २०८२, साउन १ गते

Jul 17 2025 | २०८२, साउन १ गते

मोरङ

८ सय किलो गाजा बरामद

८ सय किलो गाजा बरामद

  • काठमाडौं । मोरङको धनपालथान गाउँपालिका स्थित उखुबारीमा लुकाएर राखिएको ८ सय किलोभन्दा बढी गाजा प्रहरीले बरामद गरेको छ।

    images
    images
    images

    इलाका प्रहरी कार्यालय रंगेली, प्रहरी चौकी गडेरिया र अमाहीवरियाती स्थित प्रहरी चौक र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले बुधबार राति गाँउपालिकाको वडा नम्बर १ स्थित उखुबारीबाट ८ सय २ किलोग्राम गाजा बरामद गरेको हो।

    images

    जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उखुबारीमा बरामद गरिएको ठूलो परिमाणको गाजा २६ वटा बोरामा प्याक गरिएको थियो।

    प्रहरीले बरामद गरिएको गाजा भारत तर्फ लैजानका लागि लुकाइएको हुन सक्ने अनुमान गरेको छ। प्रहरीले बरामद गरेको गाँजा आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रंगेलीमा राखेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij