Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । मोरङको धनपालथान गाउँपालिका स्थित उखुबारीमा लुकाएर राखिएको ८ सय किलोभन्दा बढी गाजा प्रहरीले बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय रंगेली, प्रहरी चौकी गडेरिया र अमाहीवरियाती स्थित प्रहरी चौक र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले बुधबार राति गाँउपालिकाको वडा नम्बर १ स्थित उखुबारीबाट ८ सय २ किलोग्राम गाजा बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उखुबारीमा बरामद गरिएको ठूलो परिमाणको गाजा २६ वटा बोरामा प्याक गरिएको थियो।
प्रहरीले बरामद गरिएको गाजा भारत तर्फ लैजानका लागि लुकाइएको हुन सक्ने अनुमान गरेको छ। प्रहरीले बरामद गरेको गाँजा आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रंगेलीमा राखेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij