
Jul 07 2025 | २०८२, असार २३ गते
काठमाडौं । प्रभु बैंक लिमिटेडले २१ लाख ५ हजार ६७५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।
बैंकको संस्थापक समूहको यो सेयरमा बैंकका संस्थापक सेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खरिद निवेदन दिन सक्नेछन् । यसअघि ३५ दिने सूचना निकालेर बैंकले विद्यमान संस्थापक सेयरधनीलाई सेयर बिक्री खुला गरेकोमा खरिद निवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थालाई बैंकले सेयर बिक्री खुला गरेको हो ।
सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन पेस गर्नुपर्नेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij