Logo

Jul 03 2025 | २०८२, असार १९ गते

Jul 03 2025 | २०८२, असार १९ गते

कुमारी बैंकका बचत खातामा बीमा सुविधा रोकिँदै

कुमारी बैंकका बचत खातामा बीमा सुविधा रोकिँदै

  • काठमाडौं । कुमारी बैंकले विभिन्न बचत खाताहरूमा प्रदान गर्दै आएको बीमा सुविधा रोक्ने भएको छ । बैंकले आफ्ना केही विशेष बचत खातामा दिँदै आएको बीमा सुविधा आगामी आर्थिक वर्षको श्रावण ३१ गतेपछि स्थगित गर्ने भएको हो ।

    images
    images
    images

    बैंकले लामो समयदेखि परिवार सुरक्षा बचत खाता, कुमारी प्रिमियम तलब खाता, कुमारी रेमिट प्रिमियम खातालगायत विभिन्न खातामा बीमा सुविधा प्रदान गर्दै आएको थियो । यी खाताहरूमा ७ लाखदेखि २६ लाख रुपैयाँसम्मको बीमा सुविधा प्रदान गर्दै आएको थियो ।  यी खाताहरूमा भने बीमा सुविधा यथावत् राख्ने भएको छ ।

    images

    त्यसबाहेक अन्य खाताहरूमा २०८२ श्रावण ३१ गतेपछि बीमा सुविधा कायम नहुने भएको छ । यस्तै यही असार १७ गतेपछि खोलिएका नयाँ खातामा बीमा सुविधा समावेश नगरिने समेत बैंकले जनाएको छ ।

    तर, यसअघि बीमा सुविधामा समावेश भइसकेका ग्राहकहरूले आगामी साउन ३१ गतेसम्मको स्वास्थ्य उपचारको बिल बैंक समक्ष दाबी गर्न सक्ने बैंकले जनाएको छ ।

     

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij