
Jun 30 2025 | २०८२, असार १६ गते
काठमाडौं । रौतहट प्रहरीले श्रीमतीको हत्यामा संग्लन श्रीमानलाई पक्राउ गरेको छ ।
ईशनाथ नगरपालिका -७ घिउरा टोल निवासी फैयाद मियाँलाई प्रहरीले पक्राउ गरेको हो । गहुँ खेतमा लगेर श्रीमती चाँदनी खातुनको घाँटीमा सलले बेरेर र मुख थिचेर हत्या गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेस नोटमा ईशनाथ नगरपालिका-४ मठिया टोलस्थित भगाई साह बनियाको गहुँ खेतमा वि.सं.२०७८ साल माघ २६ गते खातुनको शव फेला परेको उल्लेख छ ।
श्रीमतीको हत्या गरी फरार रहेका श्रीमानलाई तीन वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दीपक कुमार रायले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij