Logo

Jun 26 2025 | २०८२, असार १२ गते

Jun 26 2025 | २०८२, असार १२ गते

रास्वपा विवादमा दुवै पक्षलाई बोलाउन सर्वोच्चको आदेश

रास्वपा विवादमा दुवै पक्षलाई बोलाउन सर्वोच्चको आदेश

  • काठमाडौं । आफूले राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीको हैसियतमा काम गर्न पाउनुपर्ने माग राख्दै डा.मुकुल ढकालले दायर गरेको रिटमाथि सुनुवाइपछि दुवै पक्षलाई १७ गते मंगलबार छलफलका लागि बोलाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

    images
    images
    images

    न्यायाधीश कुमार रेग्मीको इजलासले रिट निवेदकले माग गरेबमोजिम अन्तरिम आदेश दिन मिल्ने वा नमिल्ने भन्ने निर्णय गर्नका लागि मंगलबार दुवै पक्षलाई छलफलका लागि बोलाउन आदेश दिएको हो ।

    images

    निर्वाचन आयोगले आफ्नो रेकर्डमा रास्वपाको महामन्त्री मुकुल ढकाल नै रहेको सार्वजनिक गरेपछि ढकालले अदालतमा मुद्दा हालेका हुन् । उनले अदालतबाट उत्प्रेषण आदेश माग गरेका छन् । उनले रिटमा पार्टीको केन्द्रीय कार्यालयसहित महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा, सभापति रवि लामिछाने लगायतलाई विपक्षी बनाएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij