
Jun 23 2025 | २०८२, असार ९ गते
काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जालीले रोष्ट्रममै बजेट पुस्तक च्यातेका छन् ।
भौतिक पूर्वाधार विकास मन्त्रालयको वार्षिक विकास कार्यक्रममाथिको छलफलमा भाग लिएका पूर्व भौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहेका उनले आफ्नो भागमा परेको बजेट फिर्ता लैजानु भन्दै पुस्तक च्यातेका हुन् ।
म्यादीबाट निर्वाचित नेकपा माओवादीका सांसद जुग्जालीले भने, “म्याग्दीलाई तपाईंहरुले विनियोजन गरेको साढे ३ करोड भौतिकमन्त्री ज्यु मेरो भागमा परेको २ करोड पनि फिर्ता लैजानुस् । २ वर्षसम्म म्याग्दीलाई अन्याय भयो, यो पुस्तक हामीलाई काम छैन । च्यात्न चाहन्छु ।”
बजेटमा सत्ताको समेत उकुसमुकुस रहेको भन्दै सबैको प्रतिनिधित्व गरेर पुस्तक च्यातेको उनको भनाइ छ ।
यसअघि नेकपा एकीकृत समाजवादीका सांसद अम्मरबहादुर थापाले ५ असारमा प्रतिनिधिसभाको बैठकमा बजेट पुस्तक च्यातेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij