
Jun 16 2025 | २०८२, असार २ गते
काठमाडौं । महालक्ष्मी विकास बैंकमा २० वर्ष सेवा प्रदान गरेका कर्मचारीहरू सम्मानित भएका छन् । बैंकले आफ्नो ३१औँ वार्षिकोत्सवको अवसरमा काठमाडौंमा एक विशेष कार्यक्रम आयोजना गरी उनीहरूलाई सम्मान गरेको हो ।
बैंकमा इमान्दार, निष्ठा, समर्पण, दायित्वबोध र व्यवसायिकता साथ २० वर्ष सम्म निरन्तर रूपमा बैंकको स्थायित्व, विकास र उत्कृष्टताको यात्रामा महत्त्वपुर्ण सेवा तथा योगदान पुर्याएबापत ३६ जना कर्मचारीहरूलाई सम्मान गरिएको हो ।
विभिन्न शाखा कार्यालयहरू तथा केन्द्रीय कार्यालयमा रही सेवा प्रदान गरिरहेका ती कर्मचारीहरूलाई बैंकका अध्यक्ष, सचालक समितिका सदस्यहरू तथा प्रमुख कार्यकारी अधिकृतले सम्मान गरेका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij