
Jun 13 2025 | २०८२, जेठ ३० गते
काठमाडौं । भारतको गुजरातस्थित अहमदाबादमा एअर इण्डियाको यात्रुवाहक जहाज दुर्घटना भएको छ । अहमदाबादको अग्निशमन विभागले दुर्घटनाको पुष्टि गरेको छ ।
दुर्घटनास्थलमा अग्निशिमन विभागका गाडीहरू पुगिसकेका छन् ।
अहमदाबाद एअरपोर्टको टर्मिनल–१ का प्रबन्धकले एअरपोर्ट क्षेत्रबाहिर धुवाँ देखिएपछि जाँचका लागि सम्पूर्ण टोली घटनास्थलतर्फ पठाइएको बताएका छन् ।
सार्वजनिक भएका तस्बिरहरूमका विमानमा आगो र धुवाँ उठिरहेको देखिन्छ । विस्तृत विवरण आउन बाँकी छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij