
Jun 11 2025 | २०८२, जेठ २८ गते
काठमाडौं । दाङमा लागुऔषधसहित तीनजना पक्राउ परेका छन् ।
गढवा गाउँपालिका-५ ठुलीचौर स्थित गढवा-कोइलाबास सडकखण्डमा प्रहरी चेकिङ टोलीले कोइलाबासदेखि गढवातर्फ आउँदै गरेको लु.९६ प ८८९३ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
मोटरासाइकल चालक गढवा गाउँपालिका वडा नम्बर ६ प्रगति नगर बस्ने वर्ष २२ को लक्ष्मण बिष्टको शरिर रीतपुर्वक खानतलासी गर्दा उनको शरीरमा लुकाइछिपाई राखेको लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो गिलो पदार्थ फेला परेको थियो ।
तत्काल डिजिटल तराजुमा तौल गर्दा उक्त पदार्थ प्लास्टिकसहित ८ ग्राम ८३० मिलिग्राम प्लास्टिक हटाई शुद्ध तौल गर्दा ६ ग्राम ४६० मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो गिलो पदार्थ रहेको प्रहरीले जनाएको छ ।
चेकजाँचका क्रममा लागु औषध खरिद गर्न आएका गढवा गाउँपालिका-४ अजगढवा निवासी ३९ वर्षीया भन्साराम यादव र गढवा गाउँपालिका वडा नम्बर ६ थानदेखुरी निवासी ३७ वर्षीया सदान मनिहारलाई पनि पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij