
Jun 10 2025 | २०८२, जेठ २७ गते
काठमाडौँ । पूर्वपश्चिम राजमार्गमा हिजो साँझ बस र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
मे१ख ३०२७ नम्बरको बस र विपरीत दिशातर्फबाट आइरहेको प्र ०१–०२–०५२ प २२११ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक मिलन थापाको उपचारको क्रममा आर्य न्यूरो अस्पताल विराटनगर ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।
प्रहरीले बस चालक झापाको गौरादह–४ बस्ने सरकार टुडुलाई पक्राउ गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij