Logo

Jun 05 2025 | २०८२, जेठ २२ गते

Jun 05 2025 | २०८२, जेठ २२ गते

सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त

सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त

  • काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको विपक्षी दलको बैठकले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीले रमेश लेखकले छानबिनलाई सहयोग गर्न राजीनामा दिनुपर्ने अडान थयावत् राखेको छ ।

    images
    images
    images

    बैठकले उच्चस्तरीय छानबिन समिति बनाउने र त्यो समितिले विगतमा गृहमन्त्रीको कार्यकालसम्मको भिजिट भिसा प्रकरण सम्बन्धित छानबिन/आयोग बनाउनुपर्ने निष्कर्ष निकालेको रास्वपाका प्रवक्ता मनिष झाले बताए ।

    images

    विगतको पनि छानविन गर्न सके यसलाई सधैको लागि निराकरण गर्न सर्वपक्षीय प्रतिबद्धता जनाउने निर्णय भएको बताए । उनले भने, ‘आवश्यक छानबिन गर्नको लागि मार्ग प्रशस्त गर्न वर्तमान गृहमन्त्रीले छानबिनको परिणाम नआएसम्म, अनुसन्धान प्रभावित नगर्नको लागि राजीनामा दिएर सहयोग गर्नुपर्छ ।’

    यसबारे जिम्मेवारी लिन र जनाउन प्रधानमन्त्रीले सदनमा आएर प्रतिबद्धता ब्यक्त गर्नुपर्ने माग विपक्षी दलले अघि सारेका छन् । तिन बुँदाको निष्कर्ष लिएर प्रतिपक्ष दलका प्रमुख सचेतकहरू सभामुख कार्यकक्षमा हुँदै गरेको बैठकमा सहभागी हुन गएको बताए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij