
Jun 04 2025 | २०८२, जेठ २१ गते
काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारी चीन भ्रमणबाट फर्किएकी छन् । दश दिन लामो चिन भ्रमणबाट आज भण्डारी स्वदेश फर्किएकी हुन् ।
भ्रमणको क्रममा पूर्वराष्ट्रपति भण्डारीको उच्चस्तरीय भेटवार्ता पनि भएको एमालेका नेता तथा उद्योग मन्त्री दामोदर भण्डारीले बताए ।
चिनियाँ उपराष्ट्रपति, चिनियाँ कंग्रेसका उपाध्यक्ष, चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखलगायत शीर्ष तहको भेट भएको उनले बताए ।
भ्रमणले नेपाल चीनको लामो समयदेखिको मित्रलाई सुदृढ गर्ने र दुई देशबीचका सम्झौताहरू पुनर्ताजकी गरेको बताए । उनले भ्रमण उपलब्धिमूलक भएको बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij