Logo

Jun 02 2025 | २०८२, जेठ १९ गते

Jun 02 2025 | २०८२, जेठ १९ गते

भिजिट भिसा प्रकरण

भिजिट भिसा प्रकरणका गृहमन्त्री निर्दोष: काङ्ग्रेस

भिजिट भिसा प्रकरणका गृहमन्त्री निर्दोष: काङ्ग्रेस

गृहमन्त्री छानबिनको दायरामा नभएकाले दोषी हो भन्न नमिल्ने बैठकको निष्कर्ष छ ।

  • काठमाडौं । नेपाली काङ्ग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक निर्दोष रहेको भन्दै बचाउ गरेको छ ।

    images
    images
    images

    पार्टी पदाधिकारी बैठकमा गृहमन्त्री लेखकले ब्रिफिङ गरेका थिए । उनले बैठकमा आफ्नो कुनै कमजोरी नरहेको उनले बताए।‘उहाँको कुराबाट हामी गृहमन्त्रीको कुनै संलग्नतामा छैन भन्ने निष्कर्षमा पुग्यौँ । उहाँ निर्दोष हुनुहुन्छ,’ बैठकपछि प्रवक्ता प्रकाशशरण महतले भने।

    images

    गृहमन्त्रीको बारेमा अफवाह फैलाइएको काङ्ग्रेसको निष्कर्ष रहेको उनको भनाइ छ । दोषीमाथि कडा कारबाही गर्नुपर्ने बैठकको निर्णय रहेको उनले बताए । गृहमन्त्री छानबिनको दायरामा नभएकाले दोषी हो भन्न नमिल्ने बैठकको निष्कर्ष छ ।‘छानबिन गर्ने आधिकारिक निकायले गृहमन्त्रीलाई तानेको छैन । त्यसैले उहाँलाई यसलाई मुछ्न मिल्दैन,’महतले भने ।

    यस प्रकरणको विषयमा गृहमन्त्रीले संसद्‌मा जवाफ दिने जानकारी महतले गराए । गत बुधबार अध्यागमनका कर्मचारी सहसचिव तीर्थराज भट्टराई पक्राउ परेका थिए । यसमा गृहमन्त्रीको सचिवालयको समेत संलग्नता रहेको खुलेको छ । गृहमन्त्रीको सचिवालयमा रहेका जनक भट्टदेखि गणेश ओझाको नाम मुछिएको छ । यस्तै, यसअघि नै भिजिट भिसाको आवरणमा मानवतस्करीमा जोडिएका अध्यागमन अधिकृत विमल पौडेल पनि लेखककै सचिवालयमा रहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij