
Jun 04 2025 | २०८२, जेठ २१ गते
काठमाडौं । साताको कारोबारको पहिलो दिन सोमबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज बजार परिसूचक १ दशमलव ६० अंकले बढेर २६९४ दशमलव ६६ को विन्दुमा पुगेको छ ।
सोमबार ३१४ कम्पनीका ८३ हजार ०१६ पटकको कारोबारमा २ करोड २० लाख ३१ हजार ८६१ कित्ता सेयर खरिद बिक्री भइरहेकाे छ । जसमा कारोबार रकम ९ अर्ब २२ करोड ६३ लाख २२ हजार ९३३ रुपैयाँ रहेको छ ।
११५ कम्पनीको सेयर मूल्य बढ्दा १३३ कम्पनीको घटेको छ । १३ उपसमूहमध्ये ५ वटा घट्दा बाँकीमा हरियाली छाएको छ । आज नगदी ग्रुप पावरमा लगानीकर्ता झुम्मिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij