Logo

May 22 2025 | २०८२, जेठ ८ गते

May 22 2025 | २०८२, जेठ ८ गते

एमाले नेता अर्याल पक्राउ !

एमाले नेता अर्याल पक्राउ !

  • काठमाडौं । सहकारीको ऋण नतिर्ने एमाले नेता कृष्ण अर्याल पक्राउ परेका छन् । ठगी मुद्दामा जिल्ला अदालतबाट दोषी ठहर भएका अर्यालाई बिहीबार सोह्रखुट्टे प्रहरीले पक्राउ गरेको हो ।

    images
    images
    images

    सोह्रखुट्टेस्थित दिगो पर्यटन सहकारी संस्थाबाट लिएको ऋण नतिरेर अटेर गरिरहेका अर्याललाई अदालतको पक्राउ पुर्जीका आधारमा पक्राउ गरिएको हो ।

    images

    ललितपुर महानगरपालिका–३ सानेपा बस्ने अर्याल आफैँ सञ्चालक समितिमा रहेर उक्त सहकारी संस्थाबाट २०७४ साल जेठ ३० गते ११ लाख ५० हजार ऋण लिएका थिए ।

    images

    सहकारीले पटक–पटक ऋण तिर्न आग्रह गर्दा पनि साँवा र ब्याज भुक्तानी नगरेपछि २०७९ पुस ४ गते उक्त सहकारी संस्थाले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

    जिल्ला अदालतले २०८० असार २७ गते ऋणी अर्यालको नाममा रकम भुक्तानी गर्न आदेश दिएको थियो । उनलाई अपराध महाशाखामा बुझाएको छ भने आवश्यक अदालती प्रक्रिया पूरा गरेर कारागार चलान गरिने प्रहरीले जनाएको छ । अर्याल नेकपा एमालेको उद्योग तथा व्यवसायी विशेष जिल्ला कमिटिका इन्चार्ज हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij