Logo

May 22 2025 | २०८२, जेठ ८ गते

May 22 2025 | २०८२, जेठ ८ गते

कांग्रेस उपसभापतिको मृत्यु

कांग्रेस उपसभापतिको मृत्यु

  • काठमाडौं । नेपाली कांग्रेस अछामको ढकारी गाउँपालिका कार्यसमितिका उपसभापति पदमबहादुर बुढाको भिरबाट लडेर मृत्यु भएको छ । 

    images
    images
    images

    बुधबार तुरेस्थित खेतमा धानको बिउ राख्न गएका बुढा सेती नदीमा बगेको डुंगा बचाउने क्रममा भिरबाट खसेका थिए । नदी किनारमा रहेको डुंगामा कपडा राखेर धानको बिउमा प्रयोग गरिने घाँसको पाला काट्न भिरमा गएका उनी नदीले डुंगा बगाएको देखेपछि डुंगा नियन्त्रणमा लिन दगुरेर तल झर्ने क्रममा भिरबाट खसेको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदले बताए ।

    images

    उनका अनुसार अन्दाजी ४६ वर्षीय मृतक बुढा लामो समयसम्म पनि सम्पर्कमा नआएपछि खोजी गर्ने क्रममा स्थानीयले शव भेटाएका थिए। ढकारी– ४, बलाताका उनी कांग्रेस गाउँपालिका कार्यसमितिका उपसभापति हुन् ।

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij