Logo

May 22 2025 | २०८२, जेठ ८ गते

May 22 2025 | २०८२, जेठ ८ गते

यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला नौं निर्णय

यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला नौं निर्णय

  • काठमाडौं । सरकारले आर्थिक सुधार कार्यान्वयन कार्ययोजना स्वीकृत गर्ने निर्णय गरेको छ । मंगलबारको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सुझाव कार्यान्वयनका लागि तयार गरएको आर्थिक सुधार कार्यान्वयन कार्ययोजना २०८२ स्वीकृत गरिएको बताए ।

    images
    images
    images

    बैठकले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत बिकास समिति (पाँचौ संशोधन) आदेश २०८२ स्वीकृत गरेको छ । नेपाली सेनाको सैनिक स्वास्थ्य समूह अन्तर्गत मेडिकल उपसमूहका एक जना महासेनानीको पदावधि थप गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताउनुभयो ।

    images

    त्यस्तै सुर्खेत उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कर्णाली प्रदेशको प्रशासकीय भवन निर्माण प्रयोजनामा उपयोग गर्नका लागि कर्णाली प्रदेश सरकारलाई उपलव्ध गराउन सहरी बिकास मन्त्रालयलाई स्वीकृति दिने निर्णय पनि भएको छ ।

    images
    बैठकले जेठ ११ गतेदेखि १९ गतेसम्म चीनमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुन उद्योगमन्त्री दामोदर भण्डारीलाई स्वीकृति दिएको छ ।

    यही बैठकले डा. विश्वनाथ पौडेललाई गभर्नर नियुक्ति गरेको थियो ।

    यस्ता छन् मन्त्रिपरिषद्का निर्णहरु

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij