
May 20 2025 | २०८२, जेठ ६ गते
काठमाडौं । उत्तरी मकवानपुरमा विङ्गर भ्यान दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
त्रिभुवन राजपथ अन्तर्गत उत्तरी मकवानपुरको भीमफेदी-९ छैसठ्ठी मोडमा भएको दुर्घटनामा तीन जना गम्भीर भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
अनियन्त्रित भएर भएको दुर्घटनामा ८ पुरुष र ६ जना महिला भएको प्रहरीले जनाएको छ । चित्लाङ्गबाट सर्लाहीको लालबन्दी जादै गरेको प्रदेश-२-०३-००१ ज ०१४७ नम्बरको विङ्गर दुर्घटना हुँदा लालबन्दी नगरपालिका-१६ का राजाराम बस्नेत, कमल थापा, शान्ता विक गम्भीर घाइते भएको प्रहरीको भनाई छ ।
दुर्घटनामा घाइते भएकामध्ये ८ जनाको अवस्था मध्यम र ३ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij