
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौं । म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–३ स्थित कालिगण्डगीमा पौडी खेल्ने क्रममा बेपत्ता बालको शव सशस्त्र प्रहरी बलको गोताखोरले फेला पारेको छ ।
सोही ठाउँ बस्ने १५ वर्षिय निरज मल्ल पौडी खेल्ने क्रममा यही जेठ ३ गते नदीमा डुबेर बेपत्ता भएका थिए ।
सशस्त्र प्रहरी बल नेपाल नं.२४ कालिका गण कास्की बाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा खटिएको गोताखोर सहितको टोलीले उनको शव जेठ ५ गते दिउँसो साढे १२ बजे करिब १५ फिट गरिहाइ बाट निकालेको सशस्त्रले जनाएको छ ।
उनको खोजी कार्यको लागि नं.२४ कालिका गण कास्किबाट सोमबार बिहान ४ जना गोताखोर र ५ जना विपद् व्यवस्थापन तालिम प्राप्त सहित १९ जनाको टोली परिचालन भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij