Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

सानेपामा ट्रकले मोटरसाइकललाई ठक्कर दियो

सानेपामा ट्रकले मोटरसाइकललाई ठक्कर दियो

  • काठमाडौं । सानेपामा आज ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी बाइकमा सवार अन्दाजी ४० वर्षीय महिलाको ज्यान गएको छ ।

    images
    images
    images

    ना ६ ख ४६२४ नम्बरको ट्रकमा पछाडिबाट आएको ग प ३, ०४२३ नम्बरको बाइक ठोकिँदा बाइकको पछाडि बस्ने अन्दाजी ४० वर्षीय महिलाको निधन भएको हो ।

    दुर्घटनाको कारण र मृत्यु हुनेको पहिचान खुलिसकेको छैन । प्रहरीले ट्रक चालक र बाइक चालकलाई नियन्त्रणमा लिएको छ । पछाडिबाट तीव्र गतिमा आएको बाइक ट्रकको नजिकै गएर एक्कासी रोकिँदा महिला उछिट्टिएर ट्रकको टायरमुनि परेकी थिइन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij