
Apr 29 2025 | २०८२, वैशाख १६ गते
करिब ९ वर्षका बालकको शव फेला
काठमाडौँ । बाँकेको बैजनाथ गाउँपालिका–४, नउलापुरमा खेतमा गाडेको अवस्थामा करिब ९ वर्षका बालकको शव फेला परेको छ।
बाँकेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक रेशम पौडेलका अनुसार बालक कोहलपुरमा डेरा गरी बस्ने यशोदा बुढाका छोरा भएको पुष्टि भएको बताए ।
कुशलको शवलाई सानो खाल्डो खनेर गाडिएको थियो । बाख्रा चराउन गएका मान्छेले बालकको खुट्टा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी गएर शव निकालेको हो ।
कोहलपुर माविमा कक्षा ३ मा पढ्ने कुशल वैशाख ८ गतेदेखि हराइरहेको भन्दै आमा यशोदले ९ गते इलाका प्रहरी कार्यालय, कोहलपुरमा निवेदन दिएकी थिइन् ।
प्रहरीका अनुसार, कुशलका बुबाको मृत्य भइसकेको र आमाले दोस्रो बिहे गरेकी थिइन् । प्रहरीले घटनाको बारेमा अनुसन्धान लागि आमा र सौतेनी बुबालाई नियन्त्रणमा लिएको जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij